• २०८३ जेष्ठ ४ गते सोमवार

एमालेको ‘ग्रास रुट’ अभियान आजदेखि सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन ५, काठमाडौं ।  गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले गरेको निर्णय अनुसार ‘ग्रास रुट’ अभियान आजदेखि सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ५ फागुनमा सात प्रदेश र विदेश प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गरे पछि सो अभियान सुरु हुने एमालेले जनाएको छ ।

एमाले अनुसार बैठकले अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा छलफल गरेर टुङ्गो लगाउँदै अभियान अन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिना खटिने छन् । जसअनुसार एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिइएको छ ।

कुन नेता कहाँको जिम्मेवारी ?
प्रदेश–१ : उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव टोपबहादुर रायमाझी र नेताहरू शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिम्मत कार्की

मधेस प्रदेश : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ, नेताहरू गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल

बागमती प्रदेश : उपाध्यक्ष सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशीनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ

गण्डकी प्रदेश : उपाध्यक्ष युवराज ज्ञवाली, सचिव पद्माकुमारी अर्याल, नेताहरू किरण गुरुङ, खगराज अधिकारी र थममाया थापा

लुम्बिनी प्रदेश : उपाध्यक्ष रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्बाहाम्फे

कर्णाली प्रदेश : उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव योगेशकुमार भट्टराई, भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी

सुदूरपश्चिम प्रदेश: उपाध्यक्ष विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, बिन्दा पाण्डे र कर्णबहादुर थापा

विशेष कमिटी (केन्द्रीय कार्यालय) : महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल र नेता डा. भीष्म अधिकारी

Sharing

प्रतिक्रिया दिनुहोस