• २०८३ जेष्ठ १६ गते शनिवार

लिभरपुलका मुख्य प्रशिक्षक आर्ने स्लट बर्खास्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १६, काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुलले मुख्य प्रशिक्षक आर्ने स्लटलाई बर्खास्त गरेको छ । यस सिजनमा क्लबले खराब प्रदर्शन गरेपछि मुख्य प्रशिक्षक स्लटलाई क्लबले तत्काल प्रभावबाट लागु हुने गरि बर्खास्त गरेको जानकारी दिएको छ ।

क्लबले नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया शुरु भएको जानकारी दिदै आफ्नो नाममा प्रिमियर लिग उपाधि र क्लबसँग गहिरो कृतज्ञता र प्रशंसाका साथ स्लट बिदा भएको उल्लेख गरेको छ ।

नेदरल्याण्डसका ४७ बर्षिय स्लट २०२४ को जुन १ मा लिभरपुलको प्रशिक्षक बनेका थिए । उनको नेतृत्वमा लिभरपुलले खेलेका ११३ खेल मध्ये ६६ खेल जितेको थियो भने २८ खेलमा हार र १९ खेल बराबरी खेलेको थियो ।

उनले लिभरपुललाई २०२४-२५ सिजनको प्रिमियर लिगको उपाधि जिताएका थिए भने सोहि सिजनमा इएफएल कपको उपविजेता बनाएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस