• २०८३ बैशाख ६ गते आइतवार

रौतहट-१ मा माधव नेपाल पाँचौं स्थानमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, रौतहट। रौतहट-१ मा नेकपाका सहसंयोजक माधव कुमार नेपाल धेरै पछाडी परेका छन् । यसक्षेत्रमा रास्वपाका राजेश कुमार चौधरीले १८०४ मत प्राप्त गर्दै अग्रता बनाएका छन् ।

त्यस्तै जसपा नेपालका योगेन्द्र राय यादवल ११०१ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् बहने नेपाली काँग्रेसका अनिलकुमार झाले ८२७ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् । त्यस्तै एमालेका अजयकुमार गुप्ताले ५६७ मत प्राप्त गरेर चौथो छन् भने नेकपाका नेपालले ४५४ मत प्राप्त गर्दै पाँचौं स्थानमा छन् ।

नेपालले अघिल्लो चुनावमा यसै क्षेत्रबाट जित हासिल गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस