• २०८३ बैशाख १५ गते मङ्गलवार

धादिङको धार्केको पिच सडकमा लगाइयो तारबार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १३, धादिङ । नेवा: राष्ट्रिय परिषदको नेतृत्वमा धादिङको धार्के सडकमा स्थानीयबासीले तारबार लगाएका छन् ।

सडक बिभागले निजी जग्गा मिचेर मापदण्ड विपरीत सडक कालोपत्रे गरेको भन्दै नेवा: राष्ट्रिय परिषदका अध्यक्ष सुमन सायमीको नेतृत्वमा सडकमा तारबार लगाइएको हो ।

अध्यक्ष सायमीले धादिङको धुनिबेसी नगरपालिका–५ मा पर्ने बिमला महर्जनको ३ रोपनी १५ आना २ पैसा जग्गामा मापदण्ड विपरीत पिच गरिएकाले उनलाई न्याय दिन तारबार लगाइएको बताएका छन् । सायमीले विकासको नाममा पुर्खौली सम्पत्ति कब्जा अस्वीकार्य रहेको बताएका छन् ।

तारबार गर्ने कार्यक्रममा परिषदका अध्यक्ष सायमी, हलिं नेवा: गुठीका संस्थापक शान्त प्रकाश श्रेष्ठ, बिनोद महर्जन, राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष कौशल कुमार सिंह, प्रवक्ता रबिन्द्र कुमार श्रेष्ठ, विकासबाबु श्रेष्ठ, विकास घिमिरे, बेबी राजभण्डारी लगायतको उपस्थिति थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस