• २०८३ जेष्ठ ६ गते बुधवार

भरूवा बन्दुकसहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ११ , सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका-७ पाखापानी बस्ने ५२ वर्षीय तिलक बहादुर रोकालाई भरूवा बन्दुक १ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय देबस्थलबाट खटिएको प्रहरीले उनको घर नजिकै रहेको बाँसको झ्याङ्गबाट उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस