• २०८३ बैशाख ११ गते शुक्रवार

अख्तियार प्रमुखमा प्रेम कुमार राईसहित कहाँ कसको नियुक्ति ? (नामावलीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २१, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संवैधानिक निकायका पदाधिकारीहरु नियुक्त भएको छ । संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई र सदस्यहरुमा किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार अख्तियारको प्रमुख आयुक्तको रुपमा प्रेम कुमार राईको प्रवेश भएको छ । प्रधानमन्त्री केपी ओली निकट मानिने उनी पूर्व गृहसचिव हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस