• २०८३ जेष्ठ २७ गते बुधवार

फोहोरमैला व्यवस्थापन सरोकार समितीले काठमाडौको मेयरलाई बुझायो ज्ञापन पत्र

१५ दिन भित्रमा ११ बुदे मागको संबोधन नभए वा बेवास्ता गरिए फोहेरमैला रोकीने
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई सिसडोल बन्चरे फोहोरमैला व्यवस्थापन सरोकार समितीले ल्याण्डफिल साइटमा भएको समस्याका बारेमा ज्ञापन पत्र बुझाइएको छ । सिसडोल बन्चरे फोहोरमैला व्यवस्थापन सरोकार समितीेका अध्यक्ष नवराज ढुङ्गाना (विश्वास)को नेतृत्वमा गएको टोलीले एक कार्यक्रमका बिच राष्ट्रिय सभा गृहमा मेयर शाक्यलाई ज्ञापन पत्र बुझाएका हुन ।

उपत्यकाको फोहोरले सिसडोल आसपासका बस्तीहरुमा विगत १५ वर्षदेखि निरन्तर आतंक मचाउदैं आइरहेकोले मानव स्वास्थ्य र भौतिक वातावरण नै ध्वस्त पारेको अवस्थामा सो समस्या हल गर्नका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदबाट वा मुख्य सचिव र सम्बन्धित मन्त्रालयका सचिवहरु, विषयगत समितीहरु र उपत्यका नगर फोरम सहित सरोकारवालाहरुको प्रतिनिधीको उपस्थितीमा संयुक्त बैठक बसि निर्णय गर्नुपर्न भन्दै सरोकार समितीले ११ बुदे माग काठमाडौंका मेयर शाक्यलाई बुझाएको सरोकार समितीका अध्यक्ष नवराज ढुङ्गाना (विश्वास)ले बताउनु भयो । उहाँले ज्ञापन पत्र बुझाएको १५ दिन भित्रमा ११ बुदे मागको संबोधन नभए वा बेवास्ता गरिए फोहेरमैला रोकीने पनि बताउनु भयो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई ज्ञापन पत्र बुझाउन सरोकार समितीका अध्यक्ष विश्वास सहित समितीका सदस्यहरु राममणी घिमीरे, राजन न्यौपाने, भुवन अर्याल, दिपेश सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस