• २०८३ बैशाख ९ गते बुधवार

सेती प्रादेशिक अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २९, कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेकामध्ये पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । अस्पतालका अनुसार बुधबार दिउँसोसम्म मृत्यु हुनेहरुमा कैलालीको धनगढी–३ का ५० वर्षीय पुरुष, ५४ वर्षीय पुरुष र धनगढी–१२ की ३५ वर्षीया महिला रहेका छन ।

अस्पतालका अनुसार बुधबार दिउँसोसम्म उपचाररत ४७ जना संक्रमितमध्ये ५ जनाको भेन्टिलेटरमा, आइसियुमा २० जना र अक्सिजनको सपोर्टमा २५ जना तथा अन्य २ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट निको भएर ११ जना डिस्चार्ज भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस