• २०८३ बैशाख ११ गते शुक्रवार

भारतविरुद्ध फलोअनमा वेस्ट इन्डिज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २६, काठमाडौं । भारतविरुद्धको जारी दोस्रो टेस्टमा वेस्ट इन्डिज फलोअनमा परेको छ । पहिलो इनिंगमा २४८ रन बनाएर अलआउट भएपछि भारतले वेस्ट इण्डिजलाई फलोअन दिदै फेरी ब्याटिंगका लागि बोलाएको छ ।

वेस्ट इन्डिजका लागि पहिलो इनिंगमा एलिक अथानाजेले सर्बाधिक ४१ रन बनाए भने शाइ होपले ३६ रन बनाएका थिए । त्यस्तै भारतीय बलर कुलदीप यादवले ५ विकेट लिए भने रविन्द्र जडेजाले ३ विकेट लिएका थिए ।

यसअघि भारतले आफ्नो पहिलो इनिंगमा ५ विकेट गुमाउदै ५१८ रन बनाएपछि इनिंग घोषणा गरेको थियो । वेस्ट इन्डिजले आफ्नो दोस्रो इनिंगको ब्याटिंग समेत शुरु गरेको छ ।

दुई खेलको सिरिजमा वेस्ट इन्डिज १-० ले पछि रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस