माघ ४, मुगु । नेकपा एमाले मुगुले एक साता पछि नेतृत्व चयन गरेको छ । पुष २७ गते देखि सुरु भएको नेकपा एमाले मुगुको ८ औ जिल्ला अधिबेशन एक साता पछि सर्व सम्मत नेतृत्व चयन गरेको हो ।
जसमा अध्यक्ष जित बहादुर मल्ल , उपाध्यक्ष कर्ण बहादुर मल्ल, सचिव डवल बहादुर रोकाया, नरेन्द्र बहादुर रोकाया उपसचिव र कार्मा छिरिङ्ग तामाङ्ग उपसचिवमा सर्व सम्मत नेतृत्व चयन गरेको सचिव डबल बहादुर रोकायाले बताए । उनका अनुसार ८ औ जिल्ला अधिबेशनले ९० सदसिय समिति गठन गरेको पनि बताए ।
एमाले मुगुले नेतृत्वमा ल्याउन एक साता लगाएको हो । नेतृत्वमा आउन चुनावी प्रक्रियामा जाने एक प्रकारको आशय रहेको थियो पार्टी भित्रै मनमुठाव नगरि सर्व सम्मत तरिकाले नेतृत्व गरेको सचिव रोकायाको भनाई छ ।