कात्तिक २०, काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ। जितका लागि पाएको१५२ रनको लक्ष्य पछ्याएको पोखरा१९ ओभरमा १२१ रनमा समेटियो ।

उसका अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन। चितवनका रिजन ढकालले ४,कमलसिंह ऐरीले ३ विकेट लिए। यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५१ बनायो ।
पोखराले टस जितेर बलिङ रोजेको छ। जसमा कप्तान सिकन्दर राजाले ३७,रवि वोपराले ३५, अर्जुन साउदले ११ रन जोडे। पोखराका कप्तान चमिका करूणत्ने,कुशल भुर्तेल र विपीन खत्रीले २र२ विकेट लिए।
लगातार चौथो हार व्यहोरेको पोखराको प्लेअफ सम्भावना न्यून छ। पोखराले बाँकी रहेका ३ खेल जितेपनि अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ। चार खेलबाट पाँच अंक जोडेको चितवन तेस्रो स्थानमा पुगेको छ। आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हरायो।