• २०८३ कार्तिक २१ गते शुक्रवार

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३२ जना घाइते, घाइते हुने सबैको नाम सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक २०, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–२ खाँचीखोलास्थित सन्धिखर्क–गोरुसिंगे सडकखण्डमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। २०८३ कात्तिक २० गते दिउँसो १ः२० बजे सुपादेउरालीबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ३७२ नम्बरको बसको ब्रेक फेल भई सोही दिशातर्फ गइरहेको लु ९१ प २३५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यसपछि बस सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बस चालक र मोटरसाइकल चालकसहित ३२ जना घाइते भएका छन्। घाइतेमध्ये ११ जनालाई थप उपचारका लागि भैरहवा अस्पताल पठाइएको छ भने अन्य घाइतेको ठाडा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

घाइते हुनेहरूको नामावली यसप्रकार छ :
१.जिल्ला रुपन्देही देवदह न.पा.५ बस्ने वर्ष ३२ को मदन श्रेष्ठ,
२.बस चालक ऐ.ऐ.५ बस्ने वर्ष ४४ को शेर बहादुर थापा,
३.जिल्ला पश्चिम नवलपरासी सुनवल न.पा.६ बस्ने वर्ष ५२ को चेतन ठकुरी,
४.ऐ.ऐ.बस्ने वर्ष ६८ को ध्रुवनाथ कवर,
५.ऐ.ऐ.बस्ने वर्ष ९० की भिमकुमारी ठकुरी,
६.ऐ.ऐ.बस्ने वर्ष ४८ को श्याम बुढाथोकी,
७.ऐ.ऐ.६ बस्ने वर्ष ६५ की लबनी कवर,
८.ऐ.ऐ.बस्ने वर्ष ५५ को कृष्ण चापागाई,
९.ऐ.ऐ.बस्ने वर्ष ४४ की सुनरपती कवर,
१०.ऐ.ऐ.बस्ने वर्ष ४८ को कृष्णनाथ कवर,
११.ऐ.ऐ.बस्ने वर्ष ७ को रोशन कवर,
१२.ऐ.ऐ.बस्ने वर्ष ४३ कि राम के.सी.चौधरी,
१३.ऐ.ऐ.बस्ने बरष ६१ को डिलु भण्डारी,
१४.ऐ.ऐ.बस्ने वर्ष २२ को अस्बिन ठकुरी,
१५.ऐ.ऐ. बस्ने वर्ष ७३ को कर्ण बहादुर थापा,
१६.ऐ.ऐ.बस्ने वर्ष ४४ को कमल थापा,
१७.ऐ.ऐ.बस्ने वर्ष ३० की दिल कुमारी कवर,
१८.निजको छोरा १८ महिना सुजल कवर,
१९.ऐ.ऐ.बस्ने वर्ष ३० की टिका कवर,
२०.ऐ.ऐ. बस्ने वर्ष २१ की सृष्ठी ठकुरी,
२१.ऐ.ऐ. बस्ने वर्ष ४५ की दुर्गा ठकुरी,
२२.ऐ.ऐ.बस्ने वर्ष १६ की प्रमिसा गौतम,
२३.ऐ.ऐ.बस्ने वर्ष ७१ की कमला गौतम,
२४.ऐ.ऐ.बस्ने वर्ष ४२ की तिल कुमारी थापा,
२५.ऐ.ऐ.बस्ने वर्ष २६ की जयकुमारी कवर,
२६.ऐ.ऐ.बस्ने वर्ष ८७ को चन्द्र बहादुर ठकुरी,
२७.ऐ.ऐ.७ बस्ने वर्ष ९ की सुहाना थापा,
२८. ऐ.ऐ. बस्ने वर्ष ९ को बिनय कुमाल,
२९.ऐ.ऐ. बस्ने वर्ष ४६ की हिरामाया थापा,
३०.ऐ.ऐ.बस्ने वर्ष ५० की मिना मल्ल,
३१.मो.सा.चालक जिल्ला अर्घाखाँची सितगंगा न.पा.१ सुवर्णखाल बस्ने वर्ष २१ को शुसिल सिजापती
३२.मो.सा.पछाडी सवार ऐ. सन्धिखर्क न.पा.७ खाँची गौचर बस्ने वर्ष १२ को मनिष गुरुङ

दुर्घटनामा घाइते भएकाहरूको उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस