काठमाडौं । रौतहट जुडीबेला गाउँपालिका–३ की ११ वर्षीया नानी एन्जेला शर्मा अहिले Stage 4 Brain Cancer सँग जीवनको कठोर संघर्ष गरिरहेकी छिन्।
नेपालमा उपचार सम्भव नभएपछि परिवारले उनलाई हाल भारतको मेरठ लगेर उपचार गराइरहेका छन्। तर, आर्थिक अवस्था कमजोर भएकाले अस्पतालमा भर्ना गराउन समेत नसकेको परिवारले बताएको छ।
नानीकी आमा भावना शर्मा (नागरिकता: भवानी कमरयोगी) भन्छिन् “मेरो सानी नानी एन्जेलालाई अहिले चौथो चरणको ब्रेन क्यान्सर भएको छ सर।
नेपालमा सम्भव छैन भनेपछि भारत ल्याएका हौं, तर अस्पतालमा भर्ना गराउन पनि पैसा छैन।”
उनका बुबा बिबेक शर्मा ले पनि दुःख व्यक्त गर्दै भन्नुभयो “पहिला दुई पटक Brain Tumor को अपरेशन गराएका थियौं, अहिले फेरि क्यान्सर फैलिएको छ।
डाक्टरहरूले करिब २५ देखि ३० लाख रुपैयाँ खर्च लाग्ने बताएका छन्, तर हाम्रो आर्थिक अवस्था अत्यन्त कमजोर छ।”
परिवारले यसअघि नेपालमै उपचारका क्रममा जम्मा भएको करिब ९ लाख रुपैयाँ खर्च गरिसकेका छन् र अझै ३ लाख रुपैयाँ ऋण बाँकी छ।
हाल भारतमा रहेका उनीहरूले नानीको जीवन जोगाउन आर्थिक सहयोगका लागि सबैलाई हार्दिक अपिल गरेका छन्।
“एन्जेला हाम्रो एउटै सन्तान हो।
उहाँको उपचारमा लाग्ने खर्च हामीसँग छैन।
जसले सक्नुहुन्छ, सकेको सहयोग गर्न र यो सन्देश शेयर गर्न अनुरोध गर्दछौं।” परिवारले अपिल गरेका छन्।
नानी एन्जेलाको ज्यान जोगाउन सानातिना सहयोग पनि अमूल्य बन्न सक्छ।
सहयोग गर्न ११ वर्षीया एन्जेला शर्मा Stage 4 Brain Cancer सँग संघर्षरत, उपचारका लागि सहयोगको अपिल११ वर्षीया एन्जेला शर्मा Stage 4 Brain Cancer सँग संघर्षरत, उपचारका लागि सहयोगको अपिलचाहनेहरूले नानीकी आमासँग WhatsApp नम्बर 9702725684 तथा दर्पण पोष्ट डट कम WhatsApp 9857046569 मा सम्पर्क गर्न सक्नेछन्।