• २०८३ बैशाख ४ गते शुक्रवार

हङकङ सिक्सेसको बाउल लिगमा नेपाल श्रीलंकासँग पराजित, आजै भारतविरुद्ध खेल्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २२ , काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटको बाउल लिगको पहिलो खेलमा नेपाल श्रीलंकासँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको ८७ रनको लक्ष्य पछाएको श्रीलंकाले ५.३ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो । यस अघि नेपालले पहिला ब्याटिंग गरेर ६ ओभरमा ४ विकेट गुमाउदै ८६ रन बनाएको थियो ।

यस अघि सिक्सेसको अन्तिम खेलमा दक्षिण अफ्रीकासँग नेपाल ४ विकेटले पराजित भएको थियो ।

नेपालले दिएको केवल ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । अब बाउल लिगमा नेपालले आजै भारतविरुद्ध खेल्दैछ भने नेपालले भोलि बिहान युएईविरुद्ध खेल्ने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस