• २०८३ भाद्र २१ गते आइतवार

सहकारी ठगीको आरोपमा भरत जंगम पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष ८, काठमाडौं । सहकारी ठगीको आरोपमा अभियन्ता भरत जंगम पक्राउ परेका छन् । काठमाण्डौको साई स्वागत सहकारीको रकम हिनामिना गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

काठमाण्डौ महानगरको पत्र र पीडितको जाहेरीसमेत परेपछि प्रहरीले हिजो उनलाई पक्राउ गरेको हो । जंगम सहकारीका पूर्वअध्यक्ष र रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल पूर्व उपाध्यक्ष हुन् ।

पीडितले उनीहरुविरुद्ध काठमाण्डौ महानगरमा निवेदनसँगै प्रहरीमा जाहेरीसमेत दिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस