• २०८३ बैशाख १२ गते शनिवार

कीर्तिपुरमा चितुवाले आक्रमण गर्दा एक जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ७, काठमाडौं। कीर्तिपुरको थापागाउँमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् । कुखुरा पालन गरेको ठाउँमा राति कुर्न बसेका एक व्यक्तिलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो ।

घाइतेको अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको बताइएको छ । चितुवा कुखुरा पालन गर्ने खोरभित्र थुनिएको कीर्तिपुर वडानम्बर ४ का कार्यवाहक अध्यक्ष दिनेशचन्द्र दाहालले बताएका छन् ।

उक्त चितुवाको उद्धार गर्न डिभिजन वन कार्यालयको प्राविधिक टोली त्यसतर्फ गएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस