• २०८३ बैशाख ३० गते बुधवार

शान्ति प्रक्रियाको काम टुंग्याउन सरकार प्रतिबद्ध छ, जघन्य अपराधलाई उन्मुक्ति दिँदैनौँ : प्रधानमन्त्री प्रचण्ड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सरकार दृढ रहेको बताएका छन्।सदनमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी सबै कामलाई वृहत् शान्ति सम्झौताको मर्म र भावना अनुरूप समाधान गर्न सरकारले प्रयास गरिरहेको बताए।

उनले भने, ‘बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको सिफारिसका जनयुद्ध र जनआन्दोलनका घाइते र अपाङ्ग भएका व्यक्तिको पुनर्स्थापनाका लागि प्राथमिकताका साथ अगाडि बढाइन्छ। सरकारको तर्फबाट यो विषयमा वृहत् राजनीतिक सहमति निम्ति प्रयास गरेको छौँ।’

विस्तृत शान्ति सम्झौतासँग सम्बन्धी सहमत सबै राजनीति दलहरूको सहयोगलाई लिएर विधेयक संसदबाट पारित गरेर टुंग्याउने बताए।

उनले जघन्य अपराधमा कुनै प्रकारको उन्मुक्ति नदिने प्रतिबद्धता जनाए। द्वन्द्वकालीन मुद्दामा सबै राजनीतिक दल एकजुट हुन आह्वान गरे।

Sharing

प्रतिक्रिया दिनुहोस