सारा खुसीहरू तिमिलाई दिन सकूँ मैले सोचिरहेथे
तिमिले पाएका दुःखका समयहरू मैले सम्झिएथे
तिम्रो मुहारमा मन्द मुस्कान देखेर मेरो मन रमायो
फुलको बगैँचामा तिमिलाई हेरिरहन मन लाग्यो
अब आए सुखका दिन दुःखका दिन गएछन्
सुख ,दुःखमा तिमिले साथ दियौ म एक्लो भइन
मायाको गहिराइमा डुबिरहे किनारा पाउन सकिन
यहाँ बसेर मैले पाए सुखको सास फेर्न
मन दुखेको बेला तिमि सँग मन भुलाउन खोजे
तिमिले पाएका दुःखका समयहरू मैले सम्झिएथे
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी