• २०८३ जेष्ठ १६ गते शनिवार

राष्ट्रपतिय प्रणालीमा जाने आँट गर्न कांग्रेसलाई एमाले सांसद भट्टराईको चुनौति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपालीकांग्रेसलाई राष्ट्रपतिय प्रणालीमा जाने आँट गर्न चुनौति दिएका छन् । मंगलबार प्रतिनीधि सभाको बैठकमा उनले नेपाली कांग्रेसले शासकिय प्रणाली बदल्न हिम्मत गर्छ भने एमाले त्यसमा साथ दिन तयार भएको बताए ।

उनले भने ‘आजको शासकीय प्रणालीहरु बदलौं । प्रत्यक्ष निर्वाचित कार्यकारी ल्याऔंं । संसदलाई पूर्ण व्यवस्थापकिय विधायकी प्रणालीको रुपमा लगियो भने सायद मान्यजीहरुले भनेको परिभाषामा पुगिएला कि भन्ने हो । यदि नेपाली कांग्रेस त्यसमा हिम्मत गर्छ भने हामी त तयार नै छौं । संविधान बनाउदा पनि छलफल गरेकै हो फेरी एकचोटी छलफल गरौं । ’

उनले कांग्रेसलाई यो विषयमा फेरीएकचोटी छलफल गर्न आग्रह गरेका छन् । संसदलाई पूर्ण व्यवस्थापकियविधायकी प्रणालीमा लानु पर्नेमाउनको जोड छ ।

Sharing

प्रतिक्रिया दिनुहोस