• २०८३ बैशाख १५ गते मङ्गलवार

कैलालीमा सुनसहित ३ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १४, कैलाली । अत्तरियाबाट १२० ग्राम सुनसहित तीन जना पक्राउ परेको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह र कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई सुनसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ का ३० वर्षीय सुरज घटाने, २० वर्षीय महेश सार्की र १८ वर्षीय विशाल जाग्री रहेका ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम शाहीले बताएका छन् ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस