• २०८३ कार्तिक ३० गते आइतवार

छायाँनाथ राराले ल्यायो ६५ करोडको बजेट

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

असार १०, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ को लागि ६५ करोड भन्दा बढिको बजेट ल्याएको छ । बुधवार सञ्चालन भएको १९ औं नगर अधिबेसन तथा बजेट सभामा आ.व ०८३–०८४ का लागि जम्मा ६५ करोड २१ लाख ४२ हजार ४१ रुपैया बरावरको बजेट ल्याएको हो ।

नगरपालिकाको अघिल्लो वर्षको कुल बजेट ६० करोड भन्दा बढिको थियो । गत वर्ष भन्दा यो वर्ष बजेट बढेर आएको बताईएको छ । आज प्रस्तुत गरिएको बजेटमा चालु तर्फ २६ करोड ८ लाख ५६ हजार ८ सय १६ रुपैया र पुजिगत तर्फ ३९ करोड १२ लाख ८५ हजार २ सय २५ रुपैया बजेट प्रस्तुत गरिएको नगर प्रमुख बिष्णुुकुमार भामले बताए ।  छायाँनाथ रारा नगरपालिकाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठ मन्दिर तीर्थस्थलको संरक्षण प्रवद्र्धनमा जोड दिनुका साथै नगर क्षेत्रभित्र पर्ने प्रमुख धार्मिक स्थलहरू छायाँनाथ, ऋणमोक्ष मन्दिर, गुफालगायत अन्य धार्मिक स्थलहरुलाई पूर्वाधार विकासमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

छायाँनाथ रारा नगरपालिकाले १९ औँ नगरसभा मार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । छाँयानाथ रारा नगरपालिकाको आर्थिक वर्ष २०८३ – ०८४ को लागि नीति तथा कार्यक्रम सार्वजानिक गरिएको हो । निति तथा कार्यक्रम सार्वजानिक गर्दे छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णुकुमार भामले नगरपालिले शिक्षा, स्वास्थ्य, कृषि , पर्यटन, पुर्वाधार , खानेपानी, सरसफाइ तथा श्रमदान बैँक लाई विशेष जोड् दिँदै विविध किसिमका कार्यक्रम निति तथा कार्यक्रममा समावेश गरेको छ ।

शिक्षा, स्वास्थ्य, कृषिलाई पहिलो प्राथमिकता राख्दै मुगु जस्तो दुर्गम जिल्लामा रोग स्वास्थ्य क्षेत्रमा पछाडी परेको जिल्लालाई मध्येनजर गर्दै निति तथा कार्यक्रम सार्वजानिक गरेका हुन । १९ औं अधिबेशनमा कार्यक्रममा यसै आर्थिक वर्ष बाट श्रमदान बैंक पनि सञ्चालनमा ल्याउने बताए । समृद्ध नगरपालिका सुखी नगरबासीको चाहनालाई परिपुर्ति गर्न आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, पूर्वाधार , वातावरणिय र सुशासनको क्षेत्रमा प्राथमिकताका साथ समृद्ध नगरपालिकामा जोड दिइने नीतिमा उल्लेख गरिएको छ ।

बुधवार सार्वजानिक गरिएको नीति तथा कार्यक्रममा नगरपालिकाले प्रत्येक वर्ष दशै जस्ता महान चाडपर्वमा दलितहरुलाई बितरण गर्दे आएको भत्ता यो वर्ष एक हजार बढाएर ३ हजार ५ सय गरिएको छ भने गत वर्ष २ हजार पाच सयले बितरण गरेको थियो । आज प्रस्तुत गरिएको कार्यक्रममा एकल महिलासँग नगर उपप्रमुख भेटघाट कार्यक्रमलाई थप प्रभावकारी रुपमा अगाडी बढाईने नगर उपप्रमुख ऐश्वर्या मल्लले बताईन । अपांगता परिचयपत्र बितरण कार्यक्रमलाई निरन्तरता दिईने बताईएको छ । साथै, कर्णाली प्रदेशको प्रमुख पर्यटकियस्थल रारा ताल क्षेत्र यस नगरपालिका क्षेत्रमा रहेको हुँदा रारा तालको पर्यटन विकास र पर्यटकहरुलाई मध्येनजर गर्दै रारामा भौतिक पूर्वाधार निर्माण तथा राराको विकासबारे गुरुयोजना निर्माण गरिने नीति तथा कार्यक्रममा सार्वजानिक गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस