• २०८३ कार्तिक ३० गते आइतवार

सोरु गाउँपालिकाले ल्यायो ५० करोड बढीको बजेट

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असार १०, मुगु। मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ को लागि ५० करोड भन्दा बढिको बजेट ल्याएको छ । बुधवार सञ्चालन भएको १८ औं गाउँ सभा तथा अधिबेसनमा आ.व २०८३–०८४ का लागि जम्मा ५० करोड ६६ लाख ५८ हजार ३ सय १ रुपैया बरावरको बजेट ल्याएको हो ।

आज प्रस्तुत गरिएको बजेटमा चालु तर्फ ३१ करोड १२ लाख ३० हजार ३ सय तथा पुजिगत तर्फ १९ करोड ५४ लाख २८ हजार रुपैया बरावरको बजेट प्रस्तुत गरिएको सोरु गाउँपालिकाका उपाध्यक्ष केशरजंग शाहीले बताए । उनका अनुसार गाउँसभामा प्रस्तुत बजेटले पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार तथा सामाजिक सुरक्षा लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको बताइएको छ ।

सोरु गाउँपालिका भित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठ मन्दिर तीर्थस्थलको संरक्षण प्रवद्र्धनमा जोड दिनुका साथै नगर क्षेत्रभित्र पर्ने प्रमुख धार्मिक स्थल , तातोपानी पर्यटन पुर्वाधार बिकासको लागि ४६ लाख २० हजार रकम बिनियोजन गरिएको सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले बताए । उनका अनुसार गाउँपालिकाको जीवन रेखा सँग जोडिएको कर्णाली करिडोर तथा दोमुख बाट सदरमुकाम गमगढी बजार जोड्ने सडक अन्तर्गत सिस्ने खर्क बेलिब्रिज दोमुख पुल निर्माण गर्न १ करोड बजेट विनियोजन गरिएको पालिकाले जनाएको छ । गाउँपालिकाले विकास निर्माणका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नागरिकको जीवनस्तर उकास्ने, सुशासन प्रवद्र्धन गर्ने तथा स्थानीय आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने उद्देश्यका साथ बजेट विनियोजन गरिएको जनाएको छ । गाउँसभा अधिवेशनमा प्रस्तुत बजेटले ग्रामीण सडक, स्वास्थ्य संस्था सुदृढीकरण, शैक्षिक सुधार, कृषि उत्पादन

स्थानीय जनप्रतिनिधिहरूले आगामी आर्थिक वर्षको बजेटले गाउँपालिकाको दिगो विकास, आर्थिक समृद्धि तथा नागरिकमैत्री सेवा प्रवाहमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस