चैत १७, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २५ जनामा कोरोना संक्रमण भएसंगै संक्रमितको संख्या ९ लाख ७८ हजार ४ सय २६ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार ८१ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ८९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६५ हजार ३ सय ९४ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना रहेको मन्त्रालयले जनाएको छ ।