हिमाल पहाड तराईमा थिए पुजारी देशमा,
बरु थिएनन है कत्ति पनि भिखारी देशमा।
थियो तानाशाही निरङ्कुस साशन प्रणाली,
तर पनि थिएनन राजनीति ब्यापारी देशमा।
बसथ्यौँ कोई मधेश कोई पहाड र हिमालय,
तर पनि मन ता थियो सिमाना वारी देशमा।
मिहेनत मज्दुरी गर्थ्यौँ देश बिदेश मा गएर,
खाँदैनथ्यौँ एक आना कसैको मारी देशमा।
देश लाई कृर्षी प्रधान भनेर चिनायौँ संसार,
हेर्दा ता सबैका रित्ता देख्छु भकारी देशमा।
मैले ता बर्गिय शंघर्ष को साथ दिएको थिएँ,
हेर आतङक फैलाए भाई भाई नारी देशमा।
खै कस्लाई फाईदा पुराए राता मण्डलेहरुले,
आफ्ना शन्तान मोत को घाट उतारी देशमा।