• २०८२ साउन ३ गते शुक्रवार

कांग्रेस वागमती प्रदेशमा लामा र गण्डकी प्रदेशमा पाण्डे संसदीय दलको नेतामा निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १३, काठमाडौँ । नेपाली कांग्रेसको वागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित भएका छन् । इन्द्र बहादुर बानियाँलाई ५ मतले पराजित गर्दै लामा संसदीय दलको नेतामा निर्वाचित भएका हुन् ।

दलकाे नेता चुन्न भएकाे निर्वाचनमा लामाले २१ मत प्राप्त गरेका छन् भने बानियाँले १६ मत प्राप्त गरे । वागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ जना सांसदहरु रहेका छन् । ्र

यस्तै नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् । भोजराज अर्याललाई १० मतले हराउँदै सुरेन्द्र निर्वाचित भएका हुन् । पाण्डेले १८ मत ल्याए । पाण्डेसँग प्रतिस्पर्धा गरेका भोजराज अर्यालले ८ मत ल्याए । एक मत बदर भयो ।

प्रतिक्रिया दिनुहोस