फागुन १४, हुम्ला । एमाले हुम्लाको अधिवेशनबाट अध्यक्षमा कलबहादुर हमाल निर्वाचित भएका छन् । एमाले प्रदेश कमिटिका सदस्य समेत रहेका हमाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

फागनु ९ गते उद्घाटन गरी सुरु भएको अधिवेशनमा उपाध्यक्षमा डबल रावत, सचिवमा ज्ञामी बुमी, उपसचिवमा तीर्थराज बोहोरा र विमला शाही निर्वाचित भएका छन् । समायोजन प्रक्रियाबाट आएकाहरुलाई समेट्दै १२१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको एमाले हुम्लाले जनाएको छ ।