• २०८१ बैशाख ३१ गते सोमवार

तारकेश्वरमा माओवादी केन्द्रले एकल प्रतिष्पर्धा गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र तारकेश्वरले स्थानिय तह निर्वाचन २०७९ मा एकल प्रतिष्पर्धा गर्ने भएको छ । शुक्रबार बसेको नगर निर्वाचन परिचालन कमिटी बैठकले भागबण्डामा सम्मानजनक व्यवहार नभएकाले एकल प्रतिष्पर्धा गर्ने निर्णय गरेको हो ।

संगठन झन मजबुत भएकाे अवस्थामा अघिल्लो स्थानिय निकायको परिणामका आधारमा कम संख्यामा उमेद्वार दिने निर्णय गरेकाले नगर निर्वाचन परिचालन कमिटीले अन्य दलसँग मित्रवत व्यवहारमा रहि एकल निर्वाचनमा सहभागी हुने निर्णय गरेको एक सहभागीले बताए । बैठकमा माओवादी केन्द्रका नेता हिमाल शर्मा लगायत नगर निर्वाचन परिचालन कमिटीका नेताहरुको उपस्थिती रहेको थियो ।

Open photo

प्रतिक्रिया दिनुहोस