श्रावण ४, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप १५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल १७ हजार ६५८ संख्या पुगेको छ ।
मन्त्रालयका अनुसार आइतबार कोरोना संक्रमण निको भएर ५८ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ६९५ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार आइतबार सबैभन्दा धेरै सप्तरीमा ३२ जना संक्रमित भेटिएका छन् । त्यस्तै कैलालीमा २४ जना, सर्लाहीमा २३ जना, बर्दिया र नवलपरासीमा १०-१० जना, पर्सामा ७ जना, कास्की, लमजुङ र म्याग्दीमा ६-६ जना, बाँके र दाङमा ५-५ जना, ललितपुर, सर्लाही र रौतहट, स्याङ्जा, रुपन्देही र डडेल्धुरामा २-२ जना र सुनसरी, सिरहा, बारा, काठमाडौं, मोरङ, मकवानपुर, बागलुङ, पर्वत, प्युठान र सल्यानमा १-१ जनामा कोरोना संक्रमण देखिएको छ ।