भदौ ३१, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहँदा आफूहरुले गरेको काम लिएर जनतामा जान सांसदहरुलाई निर्देशन दिएका छन् । आज संसदीय दलको यो कार्यकालको अन्तिम बैठकमा बोल्दै अध्यक्ष ओलीले आफूले टिकट पाउँदा जित्ने र अरुले पाउँदा जिताउने गरी क्रियाशील हुन निर्देशनसमेत दिएका छन् ।
अध्यक्ष ओलीले पाँचवर्षे कार्यकालमा संसद्मा खेलेको भूमिकाका लागि सांसदहरुलाई धन्यवाद दिएका थिए । ओलीले गाउँगाउँमा चुनाव जित्ने योजना बनाउन पनि निर्देशन दिएका छन् ।