• २०८३ जेष्ठ २३ गते शनिवार

सेवाको गुणस्तर सुधार गर्न दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३०, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउन सबै दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिएको छ। प्राधिकरणको उपभोक्ता हित संरक्षण शाखा सूचना जारी गर्दै अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरूले ऐन, नियम, विनियम, कार्यविधि तथा शर्तअनुसार सेवा प्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने जनाएको हो ।

हालका दिनमा सेवा गुणस्तर कमजोर भएको भन्दै उपभोक्ताबाट गुनासो बढ्दै गएको प्राधिकरणले उल्लेख गरेको छ। प्राधिकरणको इमेल, गुनासो व्यवस्थापन प्रणाली तथा नेपाल सरकारको ‘हेलो सरकार’ पोर्टलमार्फत दूरसञ्चार सेवासम्बन्धी उजुरी उल्लेख्य रूपमा बढेको जनाइएको छ।

प्राधिकरणले उपभोक्ताको हकहित संरक्षण हुने गरी प्राप्त गुनासा तथा उजुरी यथाशीघ्र समाधान गर्न सेवा प्रदायकलाई निर्देशन दिएको छ।

साथै जिम्मेवारीअनुसार गुणस्तरीय सेवा प्रवाह नगरी प्राधिकरणमा निरन्तर गुनासो आए आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस