• २०८१ बैशाख १५ गते शनिवार

लोरी चालकहरूको हडतालका कारण दक्षिण कोरियाको व्यवसाय प्रभावित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, सीउल । दक्षिण कोरियामा लरी चालकहरूको हडतालका कारण व्यवसाय प्रभावित भएको छ । चालकहरूको हड्तालका कारण कार निर्माता कम्पनी हुन्डाई र स्टिल उत्पादक पोस्कोलगायत प्रभावित भएका छन् ।

इन्धनको मूल्य बढ्दै गएपछि लोरी चालकहरूले थप पारिश्रमिक र सरकारी अनुदानको समयावधि बढाउन माग गरिरहेका छन् । अघिल्लो वर्षको तुलनामा यो महिनाको पहिलो १० दिनमा देशको निर्यात झण्डै १३ प्रतिशतले घटेको छ ।

युक्रेन युद्धका कारण विश्वव्यापी आपूर्ति श्रृंखला अवरोधलाई जारी हड्तालले थप प्रभावित पार्ने र विश्वभर मूल्य बृद्धि हुने चिन्ता बढेको छ ।

प्रतिक्रिया दिनुहोस