• २०८० मङ्सिर १३ गते बुधवार

फ्रेस हाउसबाट २ सय ५० अवैध भारतीय बोइलर कुखुरा सशस्त्र प्रहरीले ग¥यो पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट
  • खबर 24 नेपाल ब्युरो ५ नम्बर प्रदेश

चैत १२, बाकें । नेपालगन्ज सशस्त्र प्रहरी चोलिकाले तीनवटा साइकल सहित २ सय ५० किलो अवैध भारतीय बोइलर कुखुराहरु गोप्य सूचना मार्फत फ्रेस हाउसबाट नै पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मण थारुको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले सोमबार बिहान ४: ४५ बजे चौलिका चोकबाट नेपालमा प्रतिबन्धित भारतीय कुखुराहरु लुकाई छुपाई चोरबाटो हुँदै आउदै गर्दा चोलिकाको मेन चोकमा रहेको फ्रेस हाउसमा राख्दै गर्दा साइकलमा तस्करी गर्ने ३ जना भागे पछी चेकजाँच गर्दा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

नेपालको कुखुरा व्यवसायलाई धरासायि बनाएर यसरी हुदैछ अबैध तरिकाबाट भारत बात कुखुराको निकासी । ६० हजार मूल्य बराबरका समातिएका बोइलर कुखुरा पशु क्वारेन्टाइन चेकपोष्ट जमुनाहा नेपालगन्जमा आवश्यक कारबाहीका लागि बुझाइएको सशस्त्र प्रहरी ३० नम्बर गणका प्रहरी प्रमुख एसपी भेष बहादुर शाहले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस