• २०८३ बैशाख १७ गते बिहिवार

सरकारले दार्चुला घटनाबारे भारतलाई पठायो कूटनीतिक नोट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २०, काठमाडौं । नेपाल सरकारले दार्चुलामा भारतले महाकाली नदीको धार नेपाली बस्तीतिर फर्काएर अनधिकृत संरचना बनाएको र चारजना नेपालीमाथि ढुंगा प्रहार गरेको विषयमा भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार लैनचौरस्थित भारतीय दूतावासमार्फत् कूटनीतिक नोट नयाँदिल्लीस्थित विदेश मन्त्रालयलाई पठाएको हो ।

उक्त कूटनीतिक नोटमा नेपालले भारतलाई तीनवटा कुरामा ध्यान दिएर मात्रै सीमाक्षेत्रमा गतिविधि गर्न सचेत गराएको छ। दार्चुलामा त्यस्ता घटना दोहोरिन नदिन, भारतलाई एकतर्फी संरचना बनाउन नदिन र बनाउनै परे दुवै देशका प्राविधिक टोलीबाट अध्ययन गरेर तथा सहमति कायम गर्नका लागि पहल गर्न अनुरोध गरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस