• २०८३ जेष्ठ ३० गते शनिवार

विश्वकपमा अमेरिकाको विजयी शुरुवात

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, काठमाडौं । फिफा विश्वकपको सह-आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ । घरेलु मैदानमा अमेरिकाले पराग्वेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । अमेरिकाको जितमा फ्लोरान बालोगनले २ गोल गरे भने गिओभानी रेयनाले एक गोल गरेका थिए ।

त्यस्तै एक गोल पराग्वेका डामियान बोडाडिल्लाले आत्मघाती गोल गरेका थिए । त्यस्तै पराग्वेका लागि एक गोल माउरिसियोले गरेका थिए । समुह डी मा यो जितसहित अमेरिकाले विश्वकपको उत्कृष्ट शुरुवात गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ । अब अमेरिकाले अर्को खेल जुन २० मा अस्ट्रेलिया र जुन २६ मा टर्कीसँग खेल्ने तालिका छन् ।

त्यस्तै पराग्वेले जुन २० मा टर्कीसँग र जुन २६ मा अस्ट्रेलियासँग खेल्ने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस