• २०८३ कार्तिक २१ गते शुक्रवार

सेयर बजार उच्च अंकले वृद्धि, ४ अर्बको कारोबार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २०, काठमाडौैं । आज सेयर बजार ६३.०१ अंकले बढेको छ । नेप्से परिसूचक २.४१ प्रतिशतले वृद्धि हुँदा कारोबार बिन्दु २६७९.९५ मा पुगेको हो । ४ अर्ब ३२ करोड २ लाख कारोबार हुँदा आज ९१ लाख १० हजार ७५८ कित्ता सेयर किनबेच भएको छ । २ सय ३४ वटा कम्पनीको आज सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल बंगलादेश बैंकको कारोबार भयो । सो बैंकको १४ करोड ७७ लाखको कारोबार भएको हो । नेपाल बंगलादेश बैंक र नविल बैंकसँग मर्ज हुने हल्ला चलेपछि नेपाल बंगलादेश बैंकको सेयर कारोबार सबैभन्दा धेरै भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस