• २०८३ बैशाख २० गते आइतवार

बागमती प्रदेशका मुख्यन्याधिवक्ताले दिए राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १२, काठमाडौं । बागमती प्रदेशका मुख्यन्यायाधिवक्ता ओमप्रसाद थपलियाले पदबाट राजीनामा दिएका छन्।

बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्दा मुख्यन्यायाधिवक्तामा नियुक्त भएका थपलियाले एमाले सरकारबाट बाहिरिएसँगै पदबाट राजीनामा दिएका हुन्। उनले बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन्।

तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको सिफारिसमा २०७६ साउन १२ गते थपलिया मुख्यन्यायाधिवक्तामा नियुक्त भएका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस