• २०८२ जेष्ठ ३० गते बिहिवार

नेपालमा कोरोना संक्रमित प्रहरीको संख्या १५ सय नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १४, काठमाडौँ । नेपालमा कोरोना संक्रमितको प्रहरीको संख्या १५ सय ६७ पुगेको छ । जसमध्ये ८ सय ९३ जना सक्रिय संक्रमित छन् ।६७४ जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ९७ र काठमाडौं उपत्यकाका २७८ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा २०८, प्रदेश २ मा १२९, वाग्मती प्रदेशमा ४१, गण्डकीमा ६०, प्रदेश ५ मा ५२, कर्णाली प्रदेशमा १५ र सुदूरपश्चिम प्रदेशमा १३ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस