• २०८३ असार १७ गते बुधवार

तपाईहरु स्थायी सरकार हो, मन्त्री पद बोल्दा बोल्दै जान सक्छ : मन्त्री श्रेष्ठ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार ११, काठमाडौं । कर्मचारी स्थायी सरकार रहेको तर, मन्त्री पद भनेको बोल्दा बोल्दै जान सक्ने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले बताएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै कर्मचारीसँगको ब्रिफिङमा मन्त्री पद जुनसुकै बेला जान सक्ने तर, कर्मचारीहरु देशको स्थायी सरकार रहेको उनले बताए ।

उनले भने, ‘तपाईंहरू स्थायी सरकार हो, हामी मन्त्री यहाँ बोल्दाबोल्दै पद जान सक्छ । त्यसैले संकटमा लड्न तपाईंहरूको भुमिका मुख्य हुन्छ ।’ जनतालाई ‘एस खोप, एस भोट’ नारामा पूर्ण रुपमा विश्वास तुल्याउने पनि उनले बताएका छन् । मध्यावधि चुनाव अघि नै जनताले कोभिड–१९ विरुद्धको खोप लगाउन पाउने बताउँदै जनताले ‘नो भोट, नो खोप’ भनिरहेको अवस्थामा ‘एस खोप, एस भोट’ को पूर्ण विश्वास तुल्याउने उनले बताए ।

उनल भने, ‘आगामी वर्षभित्र सबै नागरिकले खोप पाउनेछन् । प्रधानमन्त्रीको पनि यही चाहना छ । जनताले नो भोट, नो खोप भनिरहेका बेला हामी अब एस खोप, एस भोट गर्नेछौँ । थप मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा मन्त्रालयका कर्मचारीसँग उनले कोरोना संकटमा लड्नका लागि कर्मचारीको मुख्य भूमिका रहने बताएका छन् । साथै, यस्तो अवस्थामा दत्तचित्त भएर लागिपर्ने पनि उनले कर्मचारीलाई आग्रह गरे ।

‘विगतमा जे भयो९भयो, वर्तमानमा राम्रो साथ र सहयोगको खाँचो छ । यसकारण अन्तरआत्मादेखि यहाँहरूको सहयोगको अपेक्षा राख्छु । सबलै विश्वासका साथ काम गर्‍यो भने मात्रै चूनौतीको सामना गर्न सकिन्छ । मन्त्री श्रेष्ठले शुक्रबार श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्ने भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस