• २०८१ बैशाख १४ गते शुक्रवार

आजको मौसम : मेघगर्जन र चट्याङ्ग सहित वर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसका कारण हाल प्रदेश नं १ र प्रदेश नं २ का साथै देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

महाशाखाका अनुसार सोमबार दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै राती प्रदेश १, बाग्मती, तथा प्रदेश २ मा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाले देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस