• २०८१ माघ २६ गते शनिवार

सालिकराम आत्महत्या प्रकरणमा नेकपा काठमाडौंले निकाल्यो विज्ञप्ती

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ४, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सार्वजनिक भएको भिडियो र त्यसपछि रवि लामिछाने सहित ३ जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको अवस्थामा भईरहेको आन्दोलनले स्वतन्त्र छानबिनमा असर पर्ने भन्दै नेकपा काठमाडौं ले विज्ञप्ती जारी गरेको छ ।

विज्ञप्तीमा भनिएको छ पत्रकार पुडासैनी मृत्यु प्रकरणको निष्पक्ष छानबिन गरि सत्यतथ्य बाहिर ल्याउन सरकार समक्ष जोडदार माग गर्दछ । यस घटनाको अनुसन्धानको लागि प्रहरीले जिल्ला अदालत चितवनबाट म्याद थप गरि हिरासतमा लिइएका व्यक्तिहरुको निष्पक्ष ढंगले छानबिनगर्ने कुरामा सहयोग गर्नु आम नागरिकको जिम्मेवारी र कर्तव्य हो ।

विज्ञप्तीमा यस घटनाको आवरणमा गणतन्त्र विरोधी, परिर्वतन विरोधी, पुर्नउत्थानवादीतत्वहरुले आफ्नो चाहना पुरा गर्न चलखेल गर्न सक्नेमा सजग हुन पनि भनिएको छ । साथै अनुसन्धानमा प्रतिकुल असर गर्नेखालको क्रियाकलापमा सहभागी नहुन जनसमुलाय लाई आब्हान गरिएको छ ।

विज्ञप्ती

प्रतिक्रिया दिनुहोस