• २०८३ बैशाख ४ गते शुक्रवार

वरिष्ठ चलचित्रकर्मी एवं लेखक चेतन कार्कीको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २, काठमाण्डौ । वरिष्ठ चलचित्रकर्मी एवं लेखक चेतन कार्कीको निधन भएको छ । कार्कीको उपचारका क्रममा काठमाण्डौको छाउनीमा रहेको सैनिक अस्पतालमा आइतबार बिहान मृत्यु भएको हो ।

गएको १६ गते देहरादुनबाट काठमाण्डौ आउनुभएका उहाँलाई ज्वरो आए पछि अस्पतालमा भर्ना गरिएको थियो । कोरोना भाइरसबाट संक्रमित भए पछि उहाँको एक हप्तादेखि सैनिक अस्पतालमा उपचार भइरहेको थियो । चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा सक्रिय कार्कीको ८३ वर्षको उमेरमा निधन भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस