• २०८३ असार १३ गते शनिवार

ट्राफिक प्रहरीको अगुवाईमा काेटेश्वर देखि जडिबुटी चाेकसम्म सरसफाइ सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३०, काठमाडौं । सडककाे चाेकमा उभिएर सधैं जसाे हात हल्लाउँदै, सिटी फुक्दै सवारीसाधन आवतजावतमा सहजिकरण गर्ने ट्राफिकहरु शनिबार फरक भुमिकामा देखिए ।

ट्राफिकका अधिकृत देखि जवानसम्म र स्थानीय युवा युवतीहरुको सहभागीमा काेटेश्वर देखि जडिबुटी चाेकसम्म सरसफाइ सम्पन्न गरेको हो । मनाेहरा सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियान र महानगरीय ट्राफिक प्रहरी प्रभागको संयुक्त आयोजनामा शनिवार बिहान काठमाडौ महानगरपालिका वडा नम्बर ३२ काेटेश्वर चाेकदेखि जडिबुटीसम्म सरसफाइ सम्पन्न गरिएको हाे ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग काेटेश्वर ट्राफिक प्रहरी प्रमुख रामकृष्ण देवकाेटाकाे संयाेजकत्वमा मनाेहरा सरसफाइ नागरिक अभियान अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हाे ।

साे समयमा तपाईंको मास्क खाेई? लगायतका जनचेतनामूलक कार्यक्रम पनि गरिएको थियोे । काेटेश्वर महानगरीय ट्राफिक प्रहरी प्रमुख बागमती सफाइ अभियान्ता पनि भएकोले स्थानीय सँग यस्तो कार्यक्रममा सहकार्य आगामी दिनमा पनि रहने छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग काेटेश्वर ट्राफिक प्रहरी प्रमुख देवकाेटा आएदेखि यस्ता सामाजिक कार्यहरु धेरै नै हुदै आएको छ । कोटेश्वर जलमग्न हुदा सडकको ढल आफै व्यवस्थित गर्ने देखि कोभिडको प्रकोपलाई व्यवस्थित गर्न माक्स अभियान होस देवकोटाको सक्रियता रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस