• २०८३ भाद्र १६ गते मङ्गलवार

जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १८, काठमाडौँ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो तथा नया दिल्लीसम्म महसुस भएको थियो । भूकम्पबाट पुगेको क्षतिको विवरण प्राप्त हुन सकेको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस