• २०८३ कार्तिक १ गते शनिवार

तारकेश्वरबाट लागूऔषधसहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १६, काठमाडौं । काठमाडौँबाट लागूऔषधसहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–११ लोलाङ बस्ने धादिङ खनियाबास गाउँपालिका–४ का ४६ वर्षीय लेखबहादुर तामाङ रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनलाई काठमाडौँ महानगरपालिका–३२ नरेफाँटस्थित तरकारी बजारबाट नियन्त्रित लागूऔषध नुर्फिन २८६ एम्पुल, फेनारगन २९२ एम्पुल र डाइजेपाम २८४ एम्पुलसहित पक्राउ गरिएको हो । कोटेश्वरबाट खटिएको प्रहरीबाट पक्राउ परेका उनीमाथि अनुसन्धान थालेको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस