• २०८१ बैशाख १५ गते शनिवार

कटुवा पेस्तोल सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २८, सिरहा । गोलबजार नगरपालिका-४ बाट १ थान कटुवा पेस्तोल र उक्त पेस्तोलमा लाग्ने ३ राउण्ड गोली सहित औरही गाउँपालिका-२ बस्ने सुजित कुमार यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पेस्तोल र गोली सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस