• २०८१ फाल्गुन ७ गते बुधवार

आज इलाम र बझाङमा उपनिर्वाचन, बिहान ७ बजेदेखि मतदान हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १५, काठमाडौँ । इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि आज मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ

इलाम २ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयन पत्र दर्ता भएको थियो । स्वतन्त्र उम्मेदवार केशव कुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएपछि बाँकी १९ जनाको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिएको छ ।

बिहान ७:०० बजेदेखि साँझ ५:०० बजेसम्म आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई अमूल्य मतको सदुपयोग गरी मतको महत्वलाई बुझेर आफूले छानेको उम्मेदवारको चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदाताहरुमा निर्वाचन आयोगले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस