वैशाख २८, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार गठन गर्ने पार्टीको उद्देश्य नभएको बताएका छन्। प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतको प्रस्तावमा मतदान नगरी तटस्थ बसेका अध्यक्ष ठाकुरले गए राति जारी गरेको विज्ञप्तिमा सरकार निर्माण गर्ने पक्षमा पार्टी नरहेको उल्लेख गरेका छन्।

जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले सोमबार प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट विश्वास गुमाएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै संयुक्त विज्ञप्ति जारी गरेर नयाँ सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए । त्यसको केही घण्टा नवित्दै सोमबार मध्यराति जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुरले यादवलाई चुनौती दिँदै नयाँ सरकार गठनमा सहभागी नहुने विज्ञप्ति जारी गरेका हुन ।
विज्ञप्ती
