• २०८३ बैशाख २० गते आइतवार

प्रेस युनियनको महाधिवेशन सुरु, अध्यक्षको उम्मेदवारले ३० हजार दस्तुर बुझाउनुपर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ६, हेटौंडा । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन सुरु भएको छ । हेटौँडामा अहिले उद्घाटनसत्र चलिरहेको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापासहित शीर्ष नेता उद्घाटनसत्रमा सहभागी छन् ।प्रेस युनियन निर्वाचन समितिका अनुसार अध्यक्षको उम्मेदवारले ३० हजार दस्तुर बुझाउनुपर्नेछ ।

वरिष्ठ उपाध्यक्षले २५ हजार, उपाध्यक्षले २० हजार, महासचिवले २५ हजार, उपमहाचिवले २० हजार, सचिवले २० हजार, कोषाध्यक्षले २० हजार, केन्द्रीय सदस्यले १५ हजार, केन्द्रीय लेखा समिति संयोजकले २० हजार र केन्द्रीय लेखा समिति सदस्य उम्मेदवारले मनोनयन दस्तुर बुझाउनुपर्ने निर्वाचन समिति संयोजक एगराज पोखरेलले जानकारी दिए ।

Avatar

Sharing

प्रतिक्रिया दिनुहोस