• २०८३ बैशाख ९ गते बुधवार

दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, दोलखा। दोलखाको गौरीशंकर गाउँपालिका–४ झ्याँकुमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । शुक्रबार राति बा१६च ७६५१ नम्बरको जिप दुर्घटना हुँदा उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दुर्घटनामा परी सोही वडाकी फूलमाया शेर्पाको घटनास्थलमा नै ज्यान गएका थियो । अर्की गम्भीर घाइते ३२ वर्षीय डोल्मा शेर्पालाई उपचारको लागि जिल्ला सदरमुकाम चरिकोट ल्याइएको थियो । उनलाई पनि उपचारको लागि ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सामान्य घाइते छिरी शेर्पालाई उपचारको लागि सिंगटी लगिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस