असोज २४, काठमाडौं । घरेलु टिम माल्दिभ्सले साफ च्याम्पियनसिप फुटबलमा दोस्रो जित निकालेको छ । मालेस्थित राष्ट्रिय रंगशालामा आइतबार श्रीलंकालाई १-० गोल अन्तरले हराउँदै माल्दिभ्सले दोस्रो जित निकालेको हो।

माल्दिभ्सको जितमा खेलको छैटौं मिनेटमा अलि अस्फाकले निर्णायक गोल गरेका हुन । यस जितसँगै माल्दिभ्स दोस्रो स्थानमा उक्लिएको छ । माल्दिभ्सले ३ खेलमा ६ अंक जोडेको छ । माल्दिभ्सले फाइनलमा स्थान बनाउने सम्भावना बलियो समेत बनाएको छ ।
श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ । पुछारको श्रीलंकाले ४ खेलमा १ अंक जोडेको छ । नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।